Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अदालतले पक्राउ पुर्जी जारी गरेको भोलि पल्टै क्राइमिया किन पुगे पुटिन ?

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन क्राइमिया पुगेका छन् । अन्तर्राष्ट्रिय फौजदारी अदालतले पक्राउ गर्न आदेश जारी गरेको भोलि पल्टै पुटिन क्राइमिया पुगेका हुन् ।

क्राइमिया रुसमा गाभिएको नवौं वर्षगाँठ मनाउने क्रममा उनी त्यहाँ पुगेको बताइएको छ ।

नेदरल्याण्डको द हेडस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालतले गत शुक्रबार युक्रेनमा युद्ध अपराध गरेको आरोपमा पुटिन विरुद्ध पक्राउ आदेश जारी गरेको थियो ।

क्राइमिया पुग्दा राष्ट्रपति पुटिनको त्यहाँ भब्य स्वागत समेत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077