Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

‘पत्रकार बिक्रीमा छन्’ भन्ने सभामुखको अभिव्यक्तिलाई लिएर संसदमा उठ्यो प्रश्न

काठमाडौं । सभामुख देवराज घिमिरेले पत्रकारहरुमाथि दिएको अभिव्यक्तिको विषयमा संसदमा प्रश्न उठेको छ ।

प्रतिनिधि सभाको आइतबारको बैठकको शून्य समयमा बोल्दै नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले प्रश्न उठाएका हुन् ।

उनले प्रश्न गरे, 'सभामुखले पत्रकार बिक्रीमा छन् भन्ने अभिव्यक्ति दिँदा प्रेस स्वतन्त्रताप्रति ख्याल गरेको छ कि छैन ?'

सभामुख घिमिरेले चैत ३ गते नेपाल पत्रकार महासंघका प्रतिनिधिहरुसँगको भेटमा क्रममा पत्रकारहरु बिक्रीमा रहेको भनी गम्भीर आरोप लगाएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077