Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मुख्यमन्त्री कार्कीविरुद्ध चर्को नाराबाजी, प्रर्दशनकारीले तोडे निषेधित क्षेत्र

विराटनगर । प्रदेशको नाम कोशी खारेज गर्नुपर्ने मुख्य मागसहित प्रदर्शमा उत्रिएका प्रदर्शनकारीले स्थानीय प्रशासनले घोषणा गरेको निषेधित क्षेत्र तोडेका छन् ।

विराटनगरमा जारी  आदिवासी जनजाति समुदायले गरेको प्रदर्शन अनियन्त्रित बन्दै गएपछि सशस्त्र प्रहरीले अश्रुग्याँस र हवाइ फायर समेत गरेको छ ।

प्रहरी दमनविरुद्ध प्रदर्शनकारीले मुख्यमन्त्री कार्यालय अगाडि मुख्यमन्त्री हिक्मतकुमार कार्कीको पुत्ला दहन गर्दै चर्को नाराबाजी समेत गरेका छन् ।

जिल्ला प्रशासन कार्यालयले मुख्यमन्त्री कार्यालय आसपासको क्षेत्रलाई निषेधित क्षेत्र तोकेको थियो ।

प्रदेश नं.१ पुनः नामकरण संयुक्त सङ्घर्ष समितिको आयोजनामा महेन्द्र चोकबाट मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय छेउ रोडशेषमा प्रदर्शनकारी पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077