Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

प्रधानमन्त्री प्रचण्डलाई सबैले विश्वासको मत दिँदा राम्रो हुन्छ : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सबै सांसदहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई विश्वासको मत दिँदा राम्रो हुने बताएका छन्।

प्रतिनिधि सभा बैठकबाट बाहिरिने क्रममा अध्यक्ष नेपालले प्रधानमन्त्रीलाई विश्वासको मत दिएर प्रतिपक्षमा पनि बस्न मिल्ने बताएका हुन् ।

अध्यक्ष नेपालले भने, ‘प्रधानमन्त्रीलाई सबैले विश्वासको मत दिँदा राम्रो हुन्छ। सरकारमा नगए पनि प्रतिपक्षमै बस्न पनि मिल्छ।’

आजै बसेको एकीकृत समाजवादीको सचिवालय बैठकले संसदमा सत्तापक्ष लहरमा बस्ने निर्णय गरेको थियो।

साथै प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय पनि एकीकृत समाजवादीको छ। प्रधानमन्त्रीले सोमबार प्रतिनिधि सभाबाट विश्वासको मत लिने तयारी गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077