Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

थुनामुक्त भए मोरङ कारागारका चौकीदार अभिषेक

मोरङ । जिल्ला कारागार मोरङका चौकीदार अभिषेक गिरी थुनामुक्त भएका छन् । कारागार व्यवस्थापन विभागको फैसला बमोजिम गिरी कारागारमुक्त भएका हुन् ।

कारागारका नाइके र चौकीदार भएर काम गरेको बापतको प्राप्त सुविधाअनुसार उनी ४ महिनाअघि नै थुनामुक्त भएका हुन् ।

कैदीबन्दीको कामदारी सुविधासम्बन्धी कार्यविधिअनुसार कैद सजाय कटौतिमा भएपछि उनलाई आइतबार थुनामुक्त गरिएको मोरङ कारागारले जनाएको छ ।

कारागार ऐनमा चौकीदार र नाइके भइसकेका व्यक्तिलाई उसको असल आचरणको आधारमा सजायमा केही छुट दिने व्यवस्था छ। सोही व्यवस्थाअनुसार गिरीलाई आइतबार रिहा गरिएको जनाइएको छ ।

युवती प्रयोग गरेर काठमाडौं उपत्यका खानेपानी लिमिटेडका लेखा सहायक अच्युतप्रसाद रेग्मीलाई बन्धक बनाएर २०७० सालमा फिरौती मागेको घटनामा दोषी ठहर भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077