Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

बाजुराको बुढीनन्दा क्याम्पसमा झडपपछि कोल्टी बजारमा निषेधाज्ञा जारी

बाजुरा । बाजुराको बुढिनन्दा नगरपालिकाको वडा १ र २ मा कर्फ्यु जारी गरिएको छ ।

स्ववियुको निर्वाचनका क्रममा प्रतिस्पर्धी विद्यार्थी संगठनहरुबीच झडप भएर कोल्टी बजार नै तनावग्रस्त भएपछि जिल्ला प्रशासन कार्यालयले सोमबार बिहानसम्मका लागि निषेधाज्ञा जारी गरेको हो ।

स्ववियु निर्वाचनका क्रममा स्थिति तनावग्रस्त भएपछि रातिको समयमा थप घटना हुनसक्ने भन्दै कर्फ्यु जारी गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रमुख कबिन्द्रसिहं बोहराले जानकारी दिए ।

बुढिनन्दा नगरपालिका वडा १ र २आइतबार राति ७ बजेदेखि सोमबार बिहान ७ बजेसम्मका लागि कर्फ्यु जारी भएको छ । चुनाव स्थगित भएलगत्तै नेविसंघका कार्यकर्ताले नगरपालिकाको कार्यालयमा तोडफोड गरेका छन् ।

मूल ढोका पछाडिको सबै भाग तोडफोडले क्षति भएको छ । आक्रोशित भीडले तीन वटा मोटरसाइकलमा आगजनी प्रयास गरेको प्रहरीले जनाएको छ।

चुनावी प्रतिस्पर्धामा रहेका विद्यार्थीहरुबीच झडप भएपछि झडपको अवस्थालाई नियन्त्रणमा लिन दिउँसो प्रहरीले २७ राउन्ड हवाई फायरसहित अश्रुग्यास प्रहार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077