काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै छ ।
रासायनिक मलमा अनुदान कटौती, मूल्यवृद्धिको विरोध र किसानका समस्याका बारेमा प्रधानमन्त्रीलाई प्रमुख जिल्ला अधिकारीमार्फत् ज्ञापनपत्र बुझाउन लागिएको हो ।
राप्रपाका प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहन श्रेष्ठका अनुसार किसानहरूका समस्याका बारेमा प्रधानमन्त्रीलाई प्रजिअमार्फत ज्ञापनपत्र बुझाउनेगरी सबै प्रजिअलाई राप्रपाले भेट्न लागेको हो ।
‘स्वदेशी उत्पादन वृद्धि गरौं, आयात प्रतिस्थापन गरि निर्यात बढाऔं’ भन्ने पार्टीको नीति अनुसार प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन लागिएको बताइएको छ ।