Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • क्रिकेटर कुशललाई बुटवल उपमहानगरपालिकाको सम्मान

    क्रिकेटर कुशललाई बुटवल उपमहानगरपालिकाको सम्मान

    अनलाइन नेपाल
  • सोमबार, ६ चैत्र २०७९
  • 447
    SHARES

    बुटवल । राष्ट्रिय क्रिकेट टिमका खेलाडी कुशल मल्ललाई बुटवल उपमहानगरपालिकाले सम्मान गरेको छ ।

    उपमहानगरपालिकाले सोमबार एक समारोहका बीच मल्ललाई नगद ५० हजार रुपैयाँसहित सम्मान गरेको हो ।



    मल्ल बुटवलका बासिन्दा भएको र खेलमार्फत राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा बुटवलको पहिचान बढाउन योगदान गरेकाले सम्मान गरिरएको उपमहानगरपालिकाले जनाएको छ ।



    उपमहानगरले पूर्वक्रिकेट खेलाडी एवं कुशल मल्लका प्रशिक्षक शक्ति गौचन र कुशलकी आमा शर्मिला मल्ललाई समेत सम्मान गरेको छ । कुशल बुटवल-११ देवीनगरका स्थायी बासिन्दा हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार