Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • एसिया कपका लागि नेपाली टिमको घोषणा, सन्दीप र दीपेन्द्र ‘आउट’

    एसिया कपका लागि नेपाली टिमको घोषणा, सन्दीप र दीपेन्द्र ‘आउट’

    अनलाइन नेपाल
  • शुक्रबार, २२ असार २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । श्रीलंकामा हुने एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कपका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमको घोषणा भएको छ ।

    नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी देसाईले एकदिवसीय विश्वकप छनोट खेलेका सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीलाई बाहिर राख्दै टोली घोषणा गरेका हुन् ।



    देसाईले रोहितकुमार पौडेलको कप्तानीमा १६ सदस्यीय टिम घोषणा गरेका छन् । नेपालले जुलाई १४ मा पाकिस्तान ‘ए’ विरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।



    यस्तो छ नेपाली टिम

    कुशल भुर्तेल, आसिफ शेख, अर्जुन साउद, रोहितकुमार पौडेल (कप्तान), कुशल मल्ल, आरिफ शेख, देव खनाल, गुल्सन झा, सोमपाल कामी, भीम सार्की, श्याम ढकाल (मौसम), प्रतिश जिसी, ललित राजवंशी, किशोर महत्तो, सन्दीप जोरा र सुर्य तामाङ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार