Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • एसिया कपमा नेपाल, भारत र पाकिस्तान एकै समूहमा

    एसिया कपमा नेपाल, भारत र पाकिस्तान एकै समूहमा

    अनलाइन नेपाल
  • बुधबार, २२ कार्तिक २०८०
  • 1K
    SHARES

    काठमाडौं । यू-१९ एसिया कप क्रिकेटमा नेपाल भारत, पाकिस्तान र अफगानिस्तानको समूहमा परेको छ ।

    एसियाली क्रिकेट काउन्सिल एसीसीले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपाल समूह ‘ए’ मा परेको हो ।



    नेपालले पहिलो खेल डिसेम्बर ८ मा पाकिस्तानसँग खेल्ने छ । यस्तै नेपालको दोस्रो खेल डिसेम्बर १० मा अफगानिस्तानसँग र तेस्रो खेल १२ डिसेम्बरमा भारतसँग हुने छ ।



    समूह बीमा भने आयोजक यूएईसहित बंगलादेश, श्रीलंका र जापान छन् । समूहका २ शीर्ष टोली सेमिफाइनलमा पुग्ने छन् ।

    फाइनल खेल १७ डिसेम्बरमा हुने छ । एसिया कप सकिएको एक महिनापछि नेपालले श्रीलंकामा हुने यू-१९ विश्वकप क्रिकेट खेल्ने छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार