Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ठगीमा संलग्न आठजना प्रहरीको फन्दामा

कैलाली । कैलालीमा ठगीमा संलग्न भएको आरोपमा आठजना पक्राउ परेका छन् । टीकापुरबाट ग्लोबल ओरियन्स प्रालिको नामबाट ठगी गर्ने ८ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

फेसबुकबाट चिनजान गरी पुस १५ गते विभिन्न व्यक्तिबाट ४० हजारदेखि एक लाख २० हजारसम्म नगद संकलन गरेर ठगी गरेको आरोपमा टीकापुर प्रहरीले ८ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा टीकापुर नगरपालिका–५ का ३३ वर्षीय लालवीर चौधरी, दैलेख चामुण्डा बिन्द्रासैनी नगरपालिका–४ का २० वर्षीय डेकेन्द्रबहादुर विक, सोही ठाउँका १९ वर्षीय रवीन्द्र बोहरा, १८ वर्षीय भरेश शाही छन् ।

यस्तै, दैलेख दुल्लु नगरपालिका–९ का १९ वर्षीय खगेन्द्र जैशी आठबिस नगरपालिका–१ का २५ वर्षीय जितेन्द्र बिक, सोही ठाउँका २३ वर्षीय दुर्गा विक र सोही नगरपालिकाको ३ का २० वर्षीय वर्षा बडुवाल पक्राउ परेका छन् ।

उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077