Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कुलमान भन्छन् - दुई वर्षभित्र सबै नेपालीको घरमा विद्युत् पुग्छ

तनहुँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपाललाई उज्यालो बनाउने हिसावमा काम भइरहेको दाबी गरेका छन् ।

तनहुँको बन्दिपुर गाउँपालिका–६ स्थित ३३/११ केभीको सराङघाट सबस्टेसनको सोमबार उद्घाटन गर्दै उनले यस्तो दाबी गरेका हुन् ।

उनले करिब दुई वर्षभित्र सबै नेपालीको घरघरमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पहुँच पुर्‍याउने बताए ।

‘सबै नेपालीको घरमा विद्युत् पुर्‍याउने सरकारको लक्ष्यलाई पूरा गर्न विद्युतीकरणको अन्तिम माइलको यात्रामा छौं, यसका लागि अधिकांश ठेक्का सम्झौता सम्पन्न भइसकेका छन्’, घिसिङले भने, ‘योसँगै विद्युत् पुगेका ठाउँमा आपूर्तिलाई भरपर्दो र गुणस्तरीय बनाउन प्रणाली सुधारमा व्यापक काम गरिरहेका छौं ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077