Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रास्वपाले नेता र सांसदलाई क्षेत्रगत विज्ञसँग छलफल गराउने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेता र सांसदलाई देशको पछिल्लो आर्थिक अवस्था लगायतका बारेमा प्रशिक्षण तथा जानकारी दिने भएको छ ।

बुधबार उद्योग परिसंघ र चैत १२ मा बैंकर्स संघका पदाधिकारीसँग अन्तर्क्रिया गर्ने रास्वपाले जनाएको छ ।

रास्वपा सांसद मनिष झाका अनुसार क्षेत्रगत विज्ञहरुको राय सुझावले नीति निर्माणमा मद्दत पुग्ने भएकाले विभिन्न पक्षको धारणा सुन्न लागिएको हो ।

उनीहरूलाई शेखर गोल्छा र वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय कार्यालय टेकुमा प्रशिक्षण दिनेछन् ।

प्रशिक्षण कार्यक्रममा रास्वपाका सांसद तथा केही केन्द्रीय कमिटीका पदाधिकारीको सहभागिता रहनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077