Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रविलाई लक्षित गर्दै खरेलले भने - साँठगाठ र लेनदेन भएपछि कानुनी राज्यको कल्पना गर्नु बेकार

काठमाडौं । नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेलले देशमा आपराधिक न्याय प्रणाली मौलाएको बताएका छन् ।

महान्यायाधिवक्ता कार्यालयले पनि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध राहदानी दुरुपयोगको मुद्दा नचलाउने निर्णय गरेपछि सामाजिक संञ्जाल फेसबुकमा स्टाटस लेख्दै अध्यक्ष खरेलले यस्तो बताएका हुन् ।

नेपाल प्रहरीका पूर्व नायब महानिरीक्षक (डीआईजी) समेत रहेका खरेलले लेखेका छन्, 'नेपालको आपराधिक न्याय प्रणाली मा साँठगाठ र लेनदेन भए पछि सम्पुर्ण प्रकरण फासफुस हुँदो रहेछ। यस्तै यस्तै व्यक्तित्वहरुलाई हामीले मतदान गर्ने र लम्पसारवादहरुको देशमा हालिमुहाळि भएपछि सुशासन र कानुनी राज्यको कल्पना गर्नु बेकार । तसर्थ तपाई भोट बदल्नुस हामी देश बदल्छौं। जय सुशासन।'

खरेलले आपराधिक न्याय प्रणालीमा साँठगाठ र लेनदेन भएपछि सम्पुर्ण प्रकरण फासफुस हुने गरेको समेत बताएका छन्। देशमा लम्पसारवादिहरुको हालिमुहालि नसकिदा सम्म सुशासन र कानुनी राज्यको कल्पना गर्नु बेकार भएको समेत बताएका छन् ।

राहदानी ऐन अनुसार मुद्दा चलाउनुपर्ने प्रमाण नदेखिएको भन्दै महान्यायाधिवक्ता डा.दिनमणि पोखरेलले लामिछानेविरुद्ध मुद्दा नचलाउने निर्णय गरिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077