Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

‘धोकेबाज’ गीत विवादमा आएपछि गायक शिव परियारले दिए स्पष्टीकरण

काठमाडौं । गायक शिव परियारले पछिल्लो समय भाइरल भएको गीत ‘धोकेबाज हौ तिमी’ कन्ट्रोभर्सिमा आएपछि स्पष्टीकरण दिएका छन्।

उनले मंगलबार सामाजिक सञ्जालमा एक पोस्ट गर्दै यस गीतका मेल, फिमेल र चाइल्ड भर्सनका तीनै गायक गायिका आधिकारिक र ओरिजिनल गायक गायिका भएको बताएका हुन् ।

उनले ‘धोकेबाज हौ तिमी’ गीतका ‘आधिकारिक स्रष्टा/सङ्गीतकार सुवास कार्की ‘कार्कीजी’ नै रहेको स्पष्ट पारेका छन् ।

उनले लेखेका छन्, ‘चोरी, चाकरी वा कभर गरेर हामी कसैले पनि गीत गाएका होइनौं । यस गीतलाई मेल, फिमेल र चाइल्ड भर्सनमा आफ्नो स्वर दिएर गाउने गायक-गायिका नै यस गीतका आधिकारिक र ओरिजिनल गायक-गायिका हुन् । यस विषयमा विवाद गर्नुपर्ने कुनै आधार र आवश्यकता मैले देखेको छैन ।’

गीतको मेल भर्जन परियारले नै गाएका हुन । परियारले आफ्नो स्वरमा रहेको मेल भर्सन आफ्नै भएको भन्दै अन्तरर्वार्ता दिएपछि कन्ट्रोभर्सिमा तानिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077