Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

जनावरको लागि थापिएको विद्युतीय पासोमा परेर एकको मृत्यु

सर्लाही । जङ्गली जनावरबाट बालीनाली जोगाउन थापिएको विद्युतिय पासोमा परेर सर्लाहीको सीमावर्ती क्षेत्रमा एक जनाको मृत्यु भएको छ।

बलरा नगरपालिका–५ कोइरी टोलका ५० वर्षीय रामअक्षय महतो कोइरीको विद्युतीय पासोमा परेर मृत्यु भएको हो ।

महतो राति पिसाब फेर्न छिमेकीको मकैबारी जाने क्रममा बाली जोगाउन थापिएको विद्युतीय पासोमा परेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीदले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077