Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • मानहानी मुद्दामा कांग्रेस नेता गान्धीलाई दुई वर्षको जेल सजाय

    मानहानी मुद्दामा कांग्रेस नेता गान्धीलाई दुई वर्षको जेल सजाय

    अनलाइन नेपाल
  • बिहिबार, ९ चैत्र २०७९
  • 729
    SHARES

    एजेन्सी । भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धीलाई सुरतको तल्लो अदालतले दुई वर्षको जेल सजाय सुनाएको छ ।

    सुरतको अदालतले ४ वर्ष पुरानो आपराधिक मानहानीसम्बन्धी मुद्दामा गान्धीलाई २ वर्षको जेल सजाय सुनाएको हो ।



    सन् २०१९ मा उनले प्रधानमन्त्री नरेन्द्र मोदीका विरुद्ध दिएको एक अभिव्यक्तिलाई लिएर उनीमाथि मानहानीको मुद्दा दायर भएको थियो ।



    सन् २०१९ को आपराधिक मानहानि मुद्दामा राहुल गान्धी दोषी ठहर भएका हुन्।  राहुलले २०१९ मा कर्नाटकमा आयोजित चुनावी सभामा ‘सबै चोरको थर मोदी किन हुन्छ ?’ भनी बोलेका थिए ।

    भारतीय दण्ड संहिताको धारा ४९९ ले आपराधिक मानहानिको मुद्दामा अधिकतम दुई वर्षको सजायको व्यवस्था गरेको छ । अदालतले फैसला सुनाएपछि गान्धीलाई जमानत दिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार