Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • भारतीय लोकसभाले गर्‍यो गान्धीलाई सांसदमा बहाल

    भारतीय लोकसभाले गर्‍यो गान्धीलाई सांसदमा बहाल

    अनलाइन नेपाल
  • सोमबार, २२ साउन २०८०
  • 609
    SHARES

    एजेन्सी । भारतीय कांग्रेसका नेता राहुल गान्धीलाई भारतको लोकसभाले सांसदमा बहाल गरेको छ ।

    सुरत अदालतको आदेशले गान्धीलाई सांसदबाट हटाएको भारतको लोक सभाले सोमबार बिहान गान्धीको सांसद पद कायम रहेको सूचना निकालेको हो ।



    गत शुक्रबार मात्र भारतको सर्वोच्च अदालतले आपराधिक मानहानी मुद्दामा राहुललाई दोषी ठहर गर्ने सुरतको अदालतको फैसला बदर गरेपछि गान्धीलाई सांसद बहाल रहन बाटो खुलेको थियो ।



    उनी केरलको वायनाड क्षेत्रबाट लोकसभा सदस्य छन् । उनले सन् २०१९ मा मोदी थरप्रति गरेको टिप्पणीलाई लिएर विजेपीका सांसदले सुरतको अदालतमा मुद्दा दर्ता गरेका थिए ।

    जसमा अदालतले उनलाई दोषी ठहर गरेको थियो । त्यो फैसलामाथि गान्धीले सर्वोच्च अदालतमा रिट हालेका थिए । लोकसभाले पद बहाल रहेको सूचना निकाले लगत्तै कांग्रेस आईका कार्यकर्ताले खुसीयाली मनाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार