Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • राहुल गान्धीको पुनरावेदनको सुनुवाइ शुक्रबार

    राहुल गान्धीको पुनरावेदनको सुनुवाइ शुक्रबार

    अनलाइन नेपाल
  • मंगलबार, २ साउन २०८०
  • 486
    SHARES

    एजेन्सी । गुजरात उच्च न्यायालयको आदेशविरूद्ध विपक्षी नेता राहुल गान्धीले दायर गरेको पुनरावेदनउपर आगामी शुक्रबार सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ ।

    मोदी थरलाई लिएर काङ्ग्रेस आईका नेता गान्धीले गरेको टिप्पणीबाट आफूहरूको मानहानि भएको भन्दै भारतीय जनता पार्टीका नेता पूर्णेश मोदीले दायर गरेको उजुरीलाई सदर गर्दै सुरत अदालत र गुजरात उच्च अदालतले गान्धीलाई दोषी ठहर्‍याएका थिए।



    सुरत अदालतको निर्णयसँगै नेता गान्धीको लोक सभा सांसद पद खारेज भएको थियो ।



    आफूले चुनावी सभामा मोदी थरलाई लिएर गरेको टिप्पणीको अपख्याख्या भएको उल्लेख गर्दै तल्ला अदालतले गरेका निर्णयलाई चुनौती दिँदै उनले सर्वोच्च अदालतमा पुनरावेदन गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार