Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

आज पुनः विश्वासको मत लिँदै बागमतीका मुख्यमन्त्री जम्कट्टेल

हेटौंडा । बागमती प्रदेश सभाको आज दिउँसो बस्ने बैठकमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत लिँदै छन् । मुख्यमन्त्री जम्कट्टेलले दिउँसो १ बजे विश्वासको मत लिन लागेका हुन् ।

नेपाली कांग्रेसका सांसदहरू काठमाडौंमा रहेको र बैठकमा सहभागी हुन नसक्ने जानकारी आएपछि बुधबार बैठक स्थगित भएको थियो।

केही हप्ताअघि केन्द्र सरकारमा राजनीतिक समिकरण बदलिएसँगै बागमतीमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जम्कट्टेल अल्पमतमा परेका थिए।

केही हप्ताअघि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जम्कट्टेल अप्लमतमा छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077