Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कोशी नामकरणविरुद्धको आन्दोलनमा सशस्त्रको कुटाइबाट घाइते लिम्बुको मृत्यु

विराटनगर । कोशी प्रदेशबिरुद्धको आन्दोलनमा घाइते भएका एक जनाको मृत्यु भएको छ ।

गत चैत ५ गते विराटनगरमा कोशी प्रदेश खारेजीको माग गर्दै आन्दोलनमा सहभागी लिम्बुवान भोलन्टियर्स केन्द्रीय सिनियर कमान्डर पदम लिम्बू लाजेहाङको शुक्रबार मृत्यु भएको हो ।

आन्दोलनमा गम्भीर घाइते भएका लाजेहाङको उपचारका क्रममा शुक्रबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको संघीय लिम्बुवान पार्टीका सुनसरी अध्यक्ष अमर इजमले जानकारी दिए ।

उनी आन्दोलनमा सशस्त्र प्रहरीको कुटाइबाट गम्भीर घाइते भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077