Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • राहुल गान्धीको संसद् सदस्यता खारेज

    राहुल गान्धीको संसद् सदस्यता खारेज

    अनलाइन नेपाल
  • शुक्रबार, १० चैत्र २०७९
  • 726
    SHARES

    एजेन्सी । भारतीय कंग्रेस आईका नेता राहुल गान्धीको लोकसभा सदस्यता रद्द गरिएको छ ।

    लोकसभाको सचिवालयले मानहानी मुद्दामा एउटा अदालतले दुई वर्ष जेल सजाय सुनाएका गान्धीलाई शुक्रबार लोक सभा सदस्य हुन अयोग्य रहेको घोषणा गरेको हो।



    यसअघि बिहीबार राहुललाई सुरतको एक अदालतले चार वर्ष पुरानो मानहानीको घटनामा २ वर्षको सजाय सुनाएको थियो । गान्धी सन् २०१९ को चुनावमा केरलाबाट लोकसभा सदस्य निर्वाचित भएका थिए।



    अदालतले गान्धीलाई १५ हजार जरिवाना पनि तोकेको छ । तर उनलाई फैसलाविरुद्ध अदालतमा अपिल गर्नका लागि एक महिनाको समय दिइएको छ । सन् २०१९ मा गान्धीले मोदी थरलाई लिएर एउटा टिप्पणी गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार