Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • जनसङ्ख्याको असमान भौगोलिक वितरण, बढ्दो जनघनत्व

    जनसङ्ख्याको असमान भौगोलिक वितरण, बढ्दो जनघनत्व

    अनलाइन नेपाल
  • शनिबार, ११ चैत्र २०७९
  • 477
    SHARES

    फाइल तस्विर

    काठमाडौं । पछिल्ला जनगणनाहरूले भौगोलिक हिसाबले जनसाङ्ख्यिक वितरण असमान बन्दै गएको देखाएका छन् । तराईको जनसङ्ख्या लगातार बढ्दो र पहाडी तथा हिमाली क्षेत्रको जनसङ्ख्या लगातार घट्दो देखिएको छ ।

    २०७८ सालको जनगणनाअनुसार हाल तराईमा कुल जनसङ्ख्याको ५३.६१, पहाडमा ४०.३१ र हिमाली क्षेत्रमा ६.०८ प्रतिशतले बसोबास गर्ने देखिएको छ ।



    जनगणनाअनुसार नेपालको प्रतिवर्ग किलोमिटर क्षेत्रफलमा १९८ जना बसोबास गर्छन् । २०६८ सालमा यो सङ्ख्या १८० मात्र थियो । भौगोलिक क्षेत्रअनुसार हेर्दा सबैभन्दा धेरै जनघनत्व तराई क्षेत्रमा ४६० जना प्रतिवर्ग किलोमिटर र सबैभन्दा कम हिमाली क्षेत्रमा ३४ जना प्रतिवर्ग किलोमिटर रहेको छ । सबैभन्दा धेरै जनघनत्व काठमाडौँ जिल्लामा (५ हजार १६९ जना प्रतिवर्ग किलोमिटर) र सबैभन्दा कम मनाङ जिल्लामा (३ जना प्रतिवर्ग किलोमिटर) रहेको छ ।



    जनगणनाअनुसार देशका ७७ जिल्लामध्ये सबैभन्दा बढी जनसङ्ख्या काठमाडौँ जिल्लामा रहेको छ । काठमाडौँमा २० लाख ४१ हजार ५८७ जना र सबैभन्दा कम जनसङ्ख्या मनाङमा ५ हजार ६५८ जनाको बसोबास छ ।

    मोरङ, रुपन्देही, झापा र सुनसरी क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौँ धेरै जनसङ्ख्या भएका जिल्ला हुन् । कम जनसङ्ख्या भएका जिल्लातर्फ मुस्ताङ, डोल्पा, रसुवा र हुम्ला क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौँ स्थानमा पर्छन् ।

    प्रदेशगत रूपमा सबैभन्दा धेरै जनसङ्ख्या वाग्मतीमा २०.९७ प्रतिशत र सबैभन्दा कम कर्णालीमा ५.७९ प्रतिशत छ । यसै गरी मधेसमा दोस्रो ठुलो जनसङ्ख्या रहेको छ । २०७८ सालमा जनसङ्ख्या आकारको हिसाबले तेस्रो, चौथो, पाँचौँ र छैटौं प्रदेशमा क्रमशः कोसी, लुम्बिनी, सुदूरपश्चिम र गण्डकी छन् । नागरिक दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार