Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

धनुषामा दुई ट्रक एकआपसमा ठोक्किँदा तीन जनाको मृत्यु, एक घाइते

धनुषा । धनुषामा दुई ट्रक एकापसमा ठोक्किंदा तीनजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

शनिबार बिहान पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाको मिथिला नगरपालिका–३ हरिहरपुरमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना.६ ख ६५७८ नम्बरको ट्रक र विपरित दिशाबाट जाँदै गरेको प्रदेश १. ०१–००१ख. ९२९२ नम्बरको ट्रक एकआपसमा ठोकिएर दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार दुर्घटनामा परेर ना.६ ख ६५७८ नम्बरको ट्रकमा सवार २ जना र प्रदेश १. ०१-००१ख. ९२९२ नम्बरको ट्रकमा सवार एकजना गरी तीन जनाको मृत्यु भएको हो ।

यस्तै प्रदेश १. ०१-००१ख. ९२९२ नम्बरको ट्रकमा सवार अर्का एक जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ । उनीहरुको पहिचान खुलेको छैन् । घाइतेको ढल्केवर हस्पिटलमा उपचार भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077