Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आरजुलाई बाँस्कोटाको चुनौती - लौन भाउजु, उपनिर्वाचनमा बिनावैशाखी उम्मेदवार उठाउनुस्

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले तत्कालै हुन लागेको उपचुनावमा बिनावैशाखी चारतारे उम्मेदवार उठाउन नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणा देउवालाई चुनौती दिएका छन् ।

एमाले पोलिटब्युरो सदस्य बाँस्कोटाको गृहजिल्ला काभ्रे पुगेर आरजुले आफ्नो जितमा ‘सूर्यमुखी कांग्रेस’को हात रहेको टिप्पणी गरेपछि बाँस्कोटाले सामाजिक सञ्जालमार्फत यस्तो जवाफ फर्काएका हुन् ।

'आरजु भाउजुले कांग्रेसलाई निक्कै बलियो ठानेको रहेछ र साउनमा लगाएको चश्माले मंसीरलाई पनि हरियै देखेछ । म भरतपुरबाटै कांग्रेसी दम हेर्न आतुर छु । लौन भाउजु, तत्कालै हुन लागेको उपचुनावमा विना वैशाकी चारतारे उमेदवार उठाएर देखाउनुस् त,' उनले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

शनिबार कांग्रेसको भ्रातृ संगठन तरुण दलको कार्यक्रममा आरजुले घण्टी कांग्रेसजस्तै सूर्यमुखी कांग्रेसले पार्टीका उम्मेदवार हराएको दाबी गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077