Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बेलारुसमा आणविक हतियार राख्ने पुटिनको घोषणा

एजेन्सी। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले छिमेकी मुलुक बेलारुसमा आणविक हतियार राख्ने सम्झौता गरेका छन् ।

युक्रेन युद्धलाई लिएर पश्चिमा मुलुकसँगको तनावपूर्ण सम्बन्ध रहेका बेला पुटिनले यस्तो घोषणा गरेका हुन् ।

संयुक्त राज्य अमेरिकाले दशकौँदेखि आफ्नो युरोपेली सहयोगी मुलुकमा आणविक हतियार राखेको बताउँदै पुटिनले बेलारुससँगको सम्झौताले आणविक सम्झौताको उल्लंघन समेत नगर्ने बताएका छन् ।

पुटिनले बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोले नेटो सदस्य पोल्यान्डसँग सीमा जोडिएको आफ्नो देशमा आणविक हतियार राख्ने मु्द्दा लामो समयदेखि उठाउँदै आएको बताए ।

रुसले मिन्स्क बेलारुसको राजधानीलाई वास्तवममै हतियार हस्तान्तरण नगरेको स्पष्ट पारेको छ । आउँदो जुलाई १ सम्म बेलारुसमा आणविक हतियार राख्नका लागि आवश्यक सुविधाको निर्माण गरिसक्ने रुसले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077