Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • वसन्ती छठ पर्वको निराहार व्रत आज, अस्ताउँदो सूर्यलाई अर्घ दिइने

    वसन्ती छठ पर्वको निराहार व्रत आज, अस्ताउँदो सूर्यलाई अर्घ दिइने

    अनलाइन नेपाल
  • सोमबार, १३ चैत्र २०७९
  • 414
    SHARES

    फाइल तस्विर

    काठमाडौं । मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा श्रद्धा र निष्ठापूर्वक मनाइने वासन्ती छठ पर्व मनाइँदै छ । चैत शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ मनाइने पर्वको आज तेस्रो दिन बर्तालुले निराहार व्रत सुरु गरेका छन् ।

    यसअघि गत शनिबार चैत शुक्ल चौथी (चतुर्थी) का दिन ‘नहाय–खाय’ (पवित्र स्नान गरेर शुद्ध खाने) विधिबाट पर्व प्रारम्भ गरेका बर्तालुले आइतबार पञ्चमी तिथिमा ‘खरना’ विधि सम्पन्न गरिसकेका छन् ।



    ‘खरना’ का दिन दिनभरि निराहार व्रत रही राति सख्खरमा पकाइएको खिर इष्टदेवलाई चढाएर बर्तालुले खान्छन् । ‘नहाय–खाय’ विधिकै दिन बर्तालुले व्रत सङ्कल्प गर्छन् ।



    षष्टि तिथिका दिन निराहार व्रत रही साँझ पवित्र जलाशयमा बनाइएको घाटमा गई अस्ताउँदा सूर्यलाई पहिलो अघ्र्य (अर्घ) दिने परम्परा छ । यस क्रममा फलफूल र ठकुवा (गहुँको पिठोबाट बनाइएको मिष्टान्न परिकार), भुसुवा (कसार) र अन्य परिकार राखिएको डाला उठाई सूर्यदेवलाई देखाइन्छ ।

    यसैगरी मिथिला क्षेत्रमा बाक्लै बसोबास रहेका इस्लाम धर्मावलम्बी पनि अहिले पवित्र रमजान महिनाको रोजा व्रत गर्दैछन् । एक महिने रोजा व्रत गत शुक्रबार सुरु भएको हो । यसरी सबैजसो जाति धर्म सम्प्रदाय आआफ्ना परम्पराका पर्वमा रहँदा अहिले मिथिला पर्वमय बनेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार