Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • उदाउँदो सूर्यलाई अर्घ्य दिँदै चैती छठ सम्पन्न

    उदाउँदो सूर्यलाई अर्घ्य दिँदै चैती छठ सम्पन्न

    अनलाइन नेपाल
  • सोमबार, ३ बैशाख २०८१
  • 234
    SHARES

    महोत्तरी । उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेपछि मिथिलाञ्चलमा विधिवतरुपमा चैती छठ सम्पन्न भएको छ ।

    पञ्चमी तिथि अर्थात् शनिबार राति ‘खरना’ विधि सम्पन्न गरेदेखि निराहार व्रत बसेका व्रतालुले आज सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि अहिले पारण गर्दैछन् ।



    मिथिला क्षेत्रमा आजको सूर्योदय बिहान ५ बजेर ४१ मिनटमा भएको हो । व्रतालु सूर्योदय हुनु एक घण्टा पहिलादेखि कम्मरसम्म डुब्ने पानीमा तीन पटक डुबुल्कि मारेर सूर्यलाई चाँडै देखिन गीतबाट पुकारा गरिरहेका थिए ।



    यसअघि गत कात्तिकमा शरद ऋतुको छठ कात्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म मनाइएको थियो ।

    व्रतालुले पञ्चमीको ‘खरना’ विधियता लगातार करिब ३२ घण्टाको निराहार व्रतपछि आज बिहान उदाउँदो सूर्यलाई ‘भोरका अरख’ दिएका हुन् ।

    ‘भोरका अरख’ अर्पण गरिएसँगै छठ पर्व समापन भएको हो । पर्व सकिएसँगै अहिले घरघरै छठिमाताको प्रसाद खाने/खुवाउने क्रम सुरू भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार