Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कोशी खारेजी आन्दोलनमा मृत्यु भएका लिम्बूको परिवारलाई प्रदेश सरकारले ३ लाख दिने

विराटनगर ।  कोशी प्रदेश सरकारले प्रदेश नामकरणको विरोधमा भएको प्रदर्शनमा घाइते भई मृत्यु भएका पदम लिम्बूको परिवारलाई ३ लाख रूपैयाँ दिने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले लिम्बुको मृत्युप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकलाई श्रदाञ्जली र परिवारमा समवेदना प्रकट गरेको छ ।

गत चैत ५ गते भएको विराटनगरको आन्दोलनका क्रममा घाइते भएका लिम्बूको उपचारको क्रममा गत १० गते निधन भएको थियो ।

त्यस्तै, प्रदेश सरकारले घटनाको सम्बन्धमा संघीय सरकारद्वारा गठित छानबिन समितिलाई सहजीकरण गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077