Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

तनावग्रस्त बन्दै दमक, पहिचानवादी र प्रहरीबीच झडप

झापा। कोसी प्रदेशको नाम खारेजीको माग राख्दै आएका पहिचानवादी आन्दोलनकारी र प्रहरीबीच झडप भएको छ ।

मंगलबार बिहान दमक नगरपालिका कार्यालयमा ताला लगाउने क्रममा पहिचान पक्षधर र प्रहरीबीच झडप भएको हो।

झडपको क्रममा पहिचान पक्षधरका केही प्रदर्शनकारीहरू सामान्य घाइते भएका छन्।

झडप पश्चात् स्थिति तनावग्रस्त बनेको छ। प्रदर्शनकारीहरूले ढुङ्गा प्रहार गर्दा नगरपालिकाको झ्यालका सिसीहरू फुटेको छ।

कार्यालयको दैनिक कामकाज समेत प्रभावित बनेको थियो। अहिले दमक नगरपालिकामा सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077