Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

विराटनगरमा आन्दोलनकारी र प्रहरीबीच दोहोरो झडप, ५ राउण्ड अश्रुग्यास प्रहार

विराटनगर । कोशी नामकरणको विरोधमा रहेको समूह र प्रहरीबीच विराटनगरमा झडप भएको छ ।

आन्दोलनकारीलाई अगाडि बढ्न रोकेपछि आक्रोशित समूहले प्रहरीमाथि ढुंगामुढा प्रहार गरेको हो ।

पहिचान पक्षधर विभिन्न संघसंस्थाको संयुक्त समितिको प्रदर्शन नियन्त्रणका लागि प्रहरीले अश्रुग्यास र लाठीचार्ज गरेको छ ।

प्रदेशसभाले प्रदेशको नाम कोशी राखेको विरोधमा पहिचान पक्षधरहरुले निरन्तर आन्दोलन गरिरहेका छन् ।

प्रहरीले आन्दोलनकारीमाथि ५ राउन्ड अश्रु ग्यास प्रहार गरेको छ। त्यसैगरी पानीको फोहोरा पनि हानिएको छ।

५ चैतमा भएको आन्दोलनका क्रममा घाइते भएका पदम लिम्बुको उपचारका क्रममा १० चैतमा मृत्यु भएपछि आन्दोलन झन् चर्किएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077