Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रहरी र पहिचानवादीको झडपमा कम्तीमा १२ जना घाइते

विराटनगर । कोशी नामकरणको विरोधमा रहेको समूह र प्रहरीबीच विराटनगरमा झडप हुँदा कम्तिमा १२ जना घाइते भएका छन् ।

शान्तिपुर्ण प्रदर्शनमा आन्दोलनकारीले प्रहरीको घेरा तोड्न खोजेपछि प्रहरीले लाठी चार्ज गर्नुका साथै अश्रुग्यास प्रहार गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार झडपमा तीन जना सशस्त्र प्रहरी तथा तीन जना नेपाल प्रहरीका जवान घाइते भएका छन् ।

यता आन्दोलनकारीतर्फ भने छ जना घाइते भएको बताइएको छ ।

प्रदेशसभाले प्रदेशको नाम कोशी राखेको विरोधमा पहिचान पक्षधरहरुले निरन्तर आन्दोलन गरिरहेका छन् ।

५ चैतमा भएको आन्दोलनका क्रममा घाइते भएका पदम लिम्बुको उपचारका क्रममा १० चैतमा मृत्यु भएपछि आन्दोलन झन् चर्किएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077