Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पाकिस्तानमा पिठोका लागि भागदौड, ११ जनाको मृत्यु

एजेन्सी । पाकिस्तानमा निःशुल्क पिठो लिन गएका ११ स्थानीय व्यक्तिको मृत्यु भएको छ ।

मुस्लिमहरूको पवित्र महिना रमजानको अवसरमा पाकिस्तानको पञ्जाब प्रान्तमा निःशुल्क पिठो बितरण गरिएको थियो ।

पिठो लिने क्रममा भागदौड मच्चिदा यो दुःखद घटना भएको स्थानीय न्युज एजेन्सीले बताएका छन् । ज्यान गुमाउनेहरूमा २ जना महिलासमेत रहेको बताइएको छ।

भागदौडको घटना पञ्जाब प्रान्तको ४ वटा जिल्ला साहिवाल, बहाबलपुर, मुजफ्फरगढ र ओकारामा भएको थियो। यी सबै जिल्ला दक्षिण पञ्जाबमा पर्छ। घटनामा ६० घाइते भएको सरकारी तथ्यांकमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077