Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कोशी प्रदेशको पुनः नामाकरणका लागि २५ चैतपछि ‘निर्णायक’ आन्दोलन घोषणा

विराटनगर । कोसी प्रदेश नाम खारेज हुनुपर्ने माग गरिरहेका पहिचानवादीले ‘निर्णायक’ आन्दोलन घोषणा गरेका छन् ।

प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले चैत २५ गतेपछि प्रदेश राजधानी विराटनगरमा निर्णायक आन्दोलन गर्ने घोषणा गरेका हुन् ।

विद्यालयमा सञ्चालन हुने एसईई परीक्षालाई प्रभावित नपार्ने गरि २५ गतेपछि आन्दोलन गर्ने जनाइएको छ ।

प्रदेशसभाले प्रदेशको नाम कोशी राखेको विरोधमा पहिचान पक्षधरहरुले निरन्तर आन्दोलन गरिरहेका छन् ।

५ चैतमा भएको आन्दोलनका क्रममा घाइते भएका पदम लिम्बुको उपचारका क्रममा १० चैतमा मृत्यु भएपछि आन्दोलन झन् चर्किएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077