Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

देउवा-आरजु गिरोहको हेपाइ सहन नसकेको भन्दै अर्थविद् स्वर्णिम वाग्लेद्वारा कांग्रेस परित्याग

काठमाडौं । अर्थविद् डा. स्वर्णिम वाग्लेले नेपाली कांग्रेस परित्याग गरेको औपचारिक रुपमा घोषणा गरेका छन्।

उनले इतर समूहका नेता डा. शेखर कोइरालालाई सन्देश पठाएर पार्टी परित्यागको घोषणा गरेका हुन्।

पत्रमा उनले देउवा–आरजु (शेरबहादुर देउवा र आरजु राणा) गिरोहको निरन्तरको हेपाइ र अपमानले कांग्रेस परित्याग गरेको उल्लेख गरेका छन् ।

स्रोतका अनुसार वाग्ले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्न लागेका छन् ।

उनलाई रास्वपाले तनहुँ–१ बाट उपनिर्वाचनमा उम्मेदवार बन्न प्रस्ताव गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077