Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

कोशी नाम खारेजीको माग गर्दै माइतीघरमा पहिचानवादीको प्रदर्शन

काठमाडौं । कोशी प्रदेशको नाम खारेजीको माग गर्दै काठमाडौंमा प्रदर्शन भएको छ।

शुक्रबार काठमाडौंको माईतीघर मण्डलामा सचेत पहिचानवादी संघर्ष समिति, किराँत याक्थुङ चुम्लुङ काठमाडौं लगायतका पहिचानवादी संस्थाहरुले विरोध प्रदर्शन गरेका हुन्।

प्रदर्शनकारीहरुले कोशी प्रदेशको नाम ऐतिहासिक पहिचानका आधारमा पुनः नामकरण गर्न, प्रदर्शनका क्रममा मृत्यु भएका पदम लिम्बुलाई शहिद घोषणा गर्नुपर्ने लगायतका माग राखेका छन् ।

उनीहरुले नागरिकको समस्या समाधान गर्न नसके प्रदेश सरकार र केन्द्र सरकारको नेतृत्वले राजीनामा दिनुपर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077