Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

गृहमन्त्री श्रेष्ठको निर्देशन - राष्ट्रियहित कुण्ठित हुनेगरी कुनै पनि गतिविधि गर्न नदिनू

काठमाडौं । नवनियुक्त उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले देशभित्र राष्ट्रियहित कुण्ठित हुनेगरी कुनै पनि गतिविधि गर्न नदिन निर्देशन दिएका छन् ।

शुक्रबार मन्त्रालयमा पदबहालीपछि मातहतका सुरक्षा निकाय र कर्मचारीलाई मन्त्री श्रेष्ठले राष्ट्रिय सार्वभौमिकता र राष्ट्रियहित कुण्ठित हुनेगरी कुनै काम गर्न नदिन निर्देशन दिएका हुन् ।

उनले सीमा सुरक्षामा अब्बल साबित हुनेगरी काम गर्न सुरक्षा निकायलाई निर्देशन दिए । उनले राष्ट्रिय सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षा गर्ने आफ्नो पहिलो कर्तव्य ठानेर काम गर्न आग्रह गरे ।

मन्त्री श्रेष्ठले राष्ट्रियहित विपरीतका गतिविधि रोक्ने र त्यसप्रकारको गतिविधि हुन नदिने गरी काम गर्न निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077