Online Nepal
  • सोमबार, १९ साउन २०८२
  • पाकिस्तानमा हिन्दू डाक्टरको गोली हानी हत्या, एक घाइते

    पाकिस्तानमा हिन्दू डाक्टरको गोली हानी हत्या, एक घाइते

    अनलाइन नेपाल
  • शनिबार, १८ चैत्र २०७९
  • 912
    SHARES

    फाइल तस्विर

    एजेन्सी । पाकिस्तानमा हिन्दू धर्मावलम्बी चिकित्सकको कराँचीमा गोली हानेर हत्या भएको छ ।

    आफ्नो क्लिनिकबाट घर फर्कँदै गरेका डाक्टर बीरबल गेनानीको बिहीबार गोली हानेर हत्या भएको हो ।



    कराँची महानगरपालिकाका पूर्वस्वास्थ्य निर्देशक तथा आँखा विशेषज्ञ डा गेनानीलाई अज्ञात समूहले गोली हानेको थियो । उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

    यस्तै डा गेनानीसँगै रहेकी एक जना सहयोगी चिकित्सलाई पनि गोली लागेको छ । उनको उपचार भइरहेको बताइएको छ । घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    अन्य समाचार