Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

खेलकुदमन्त्री भण्डारीले भने - हामीलाई जोक्कर नबनाइयोस्, संघीयता कार्यान्वयन होस्

काठमाडौं। कोसी प्रदेशका खेलकुदमन्त्री बुद्धिकुमार राज भण्डारीले खेलकुदमा संघीयता कायम गर्न आग्रह गरेका छन् ।

राखेपले आयोजना गरेको खेलकुद पूर्वाधार नीति संवादलाई सम्बोधन गर्दै भण्डारीले मञ्चमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई आग्रह गरेका हुन्।

उनले भने,‘आज अप्रिल फस्ट, सम्माननीय प्रधानमन्त्रीसँगै छौं अप्रिल फूल जस्तै नहोस्, संघीयता कार्यान्वयन होस्, आज अप्रिल फष्ट हामीलाई जोक्कर बनाउने काम नगरोस्।’

खेलकुद मन्त्री भण्डारीले प्रधानमन्त्रीसमक्ष प्रदेशमा कर्मचारी नभएको गुनासो गरे। उनले खेलकुदका लागि बनेका पूर्वाधार पनि हस्तान्तरण नभएको बताए।

उनले सहमति र सहकार्यमा पूर्वाधार अगाडि बढाउनुपर्ने धारणा राखे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077