Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • अर्थ मन्त्रालयले थप कठोर निर्णय नगरे अवस्था झनै भयावह हुनसक्ने सचिव रायको चेतावनी

    अर्थ मन्त्रालयले थप कठोर निर्णय नगरे अवस्था झनै भयावह हुनसक्ने सचिव रायको चेतावनी

    अनलाइन नेपाल
  • शनिबार, १८ चैत्र २०७९
  • 909
    SHARES

    काठमाडौं । अर्थसचिव तोयम रायले अर्थ मन्त्रालयले थप कठोर निर्णय नगरे अवस्था झनै भयावह हुनसक्ने चेतावनी दिएका छन् । नवनियुक्त अर्थमन्त्री प्रकाशसरण महतलाई स्वागत गर्दै उनले यस्तो चेतावनी दिएका हुन् ।

    उनले स्थिति गम्भीर बन्न सक्ने बताए । ‘मन्त्री ज्यूबाट स्पष्ट निर्देशन आइसकेको छ, स्थिति सामान्य छैन् । भयवह अवस्था आउन सक्छ,’ मन्त्री स्वागत कार्यक्रममा सचिव रायले भने ।



    उनी सचिव बनेपछि दिनदिनै नेता तथा कर्मचारीहरुसँग विवाद गर्न व्यस्त छन् । रायले चालु खर्चमा कडाईका साथ कटौति गरेका छन् । यस्तै खर्च नहुने क्षेत्रको बजेट रोक्का गरिरहेका छन् ।



    बजेट नदिएको भन्दै अन्य मन्त्रालयको कर्मचारी सांसद लगायतले अर्थ सचिवलाई दबाब दिँदै आएका छन् । तर राजश्व संकलन बढाउन जोडबल गर्दै आएका सचिव रायले आफू जस्तोसुकै गाली खान तयार रहेको बताउँछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार