एजेन्सी। भारतका पूर्व क्रिकेटर सलिम दुरानीको निधन भएको छ ।
अलराउन्डर क्रिकेटरको पहिचान बनाएका दुरानीको ८८ वर्षको उमेरमा निधन भएको हो ।
सन् १९७१ मा वेस्ट इन्डिजमा भारतलाई पहिलो टेस्ट क्रिकेट जिताउन मद्दत गरेका कारण उनलाई सबैभन्दा धेरै सम्झना गरिन्छ ।
पोर्ट अफ स्पेनमा भएको दोस्रो इनिङमा भारत ७ विकेटले विजयी भएको थियो । सो खेलमा दुरानीले १७ ओभरमा जम्मा २१ रन खर्चिएका थिए ।
आक्रामक बायाँ हाते बलर र ब्याटर दुरानीले २९ टेस्ट खेल्दा १ हजार २०२ रन बटुलेको र ७५ विकेट लिएका थिए ।
दुरानी भारतको गुजरातस्थित आफ्नो भाइको घरमा बस्दै आएका थिए ।