Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

राष्ट्रपति, प्रधानमन्त्री कार्यालय र सदनमा स्वदेशी वस्तुमात्रै प्रयोग हुने व्यवस्था गरौँ : निशा डाँगी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले सिंहदरबार, बालुवाटार, शीतल निवास र सदनमा स्वदेशी बस्तुमात्रै प्रयोग हुने व्यवस्था गर्न माग गरेकी छन्।

आइतवार बसेको प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै उनले सांसद डाँगीले सिंहदरवार, वालुवाटार, शितलनिवास र संसद भवनको क्षेत्रलाई आत्मनिर्भर घोषणा गर्नुपर्ने बताईन् ।

त्यस्तै, स्याम्पू, मोबाइलदेखि चामलसम्म विदेशबाट आयात गर्नुपरेको भन्दै स्वदेशी उत्पादन प्रयोग गर्नुपर्नेमा जोड दिईन् ।

उनले आफू बसिरहेको कुर्सी, प्रधानमन्त्री बसिरहेको कुर्सी कुन देशाबाट आयात गरिएको हो भनी सरकारलाई प्रश्न समेत गरिन् ।

देशलाई आत्मनिर्भर बनाउन सरकारी स्तरबाटै व्यावहारिक प्रयोग हुनुपर्ने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077