Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

कांग्रेस सांसद पौडेलले भने - हवाई क्षेत्रमा देखिएका समस्याप्रति सरकार बेखबर छ

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदिप पौडेलले नेपालको हवाई क्षेत्रमा देखिएका समस्या समाधानमा सरकार गम्भीर नभएको बताउका छन् ।

संसद्को शून्य समयमा बोल्दै सांसद् पौडेलले हवाई क्षेत्रमा देखिएका समस्या समाधानमा हुनुपर्ने बताएका हुन् ।

पौडेलले हवाई सुरक्षाको विषयलाई प्रत्येक देशले उच्च प्राथमिकताका साथ लिएपनि नेपालले गम्भिरतापूर्वक नलिएको बताए।

पौडेलले भने, ‘नेपालमा हवाई दुर्घटनाको पछाडि इन्जीनले काम नगरेका जस्ता यान्त्रीक कारण भन्दापनि व्यवस्थापकीय पक्षमा चुक्दा बढि दुर्घटनाहरू हुन्छन् । तर, सम्बन्धीत निकाय यो विषयमा बेखबर जस्तै छ ।’

पछिल्लो समय हवाई क्षेत्रमा अत्यन्तै गम्भीर त्रुटि देखिइरहेको उनको भनाइ छ। पौडेलले कुनै जहाजको पांग्रा खुस्किनु पर्ने अवस्था रहेको र उडान नियमित नभएर यात्रुहरु अलपत्र बन्नुपर्ने स्थिती रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077