Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राप्रपाले टुङ्ग्यायो उपनिर्वाचन हुने तीनै क्षेत्रमा उम्मेदवार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आसन्न उप-निर्वाचनका उम्मेदवार टुंग्याएको छ ।

पार्टीको संसदीय समितिको आइतबार बसेको बैठकले उपनिर्वाचन हुने क्षेत्रहरुमा उमेदवार टुंगो लगाएको हो ।

राप्रपाले तनहुँ–१ मा शोभा गुरुङ, चितवन–२ मा जीबलाल पुरी र बारा–२ मा सोनेलाल साहलाई उमेदवार बनाउने निर्णय गरेको छ । चितवन–२, बारा–२ र तनहुँ १ मा वैशाख १० गते उपनिर्वाचन हुँदैछ ।

त्यसका लागि निर्वाचन आयोगले चैत २० गते उम्मेदवारी मनोनयनको समय निर्धारण गरेको छ ।

आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि मुख्य दलहरूले उम्मेदवार ढुंगो लगाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077