Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • दुई वर्ष जेल सजायको फैसलाविरुद्ध राहुल गान्धीले पुनरावेदन गर्ने

    दुई वर्ष जेल सजायको फैसलाविरुद्ध राहुल गान्धीले पुनरावेदन गर्ने

    अनलाइन नेपाल
  • आइतबार, १९ चैत्र २०७९
  • 627
    SHARES

    एजेन्सी । फौजदारी मानहानि मुद्दामा गुजरातको एक अदालतबाट दोषी ठहरिएका भारतीय कंग्रेसका नेता राहुल गान्धीले तल्लो न्यायालयको निर्णयविरुद्ध माथिल्लो अदालतमा पुनरावेदन गर्ने भएका छन् ।

    गुजरातको ‘सेसन कोर्ट’ ले नेता गान्धीलाई यही चैत ९ गते मानहानि मुद्दामा दोषी ठहर गर्दै दुई वर्षको जेल सजाय सुनाएको थियो ।



    नेता गान्धीले कोर्टको उक्त सजायविरुद्ध भोलि (सोमबार) पुनरावेदन गर्ने उनको पार्टीका नेताहरूले बताएका छन् ।



    अदालतले उच्च अदालतमा पुनरावेदन गर्न उनलाई अवसर दिँदै ३० दिनका लागि सजाय स्थगन गरेको थियो ।

    राहुल गान्धीले सन् २०१९ को अप्रिलमा कर्नाटक राज्यको चुनावी र्‍यालीलाई सम्बोधन गर्ने क्रममा  ‘किन सबै चोरहरूको साझा थर मोदी हुन्छ’ भन्दै प्रश्न गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार