Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

उपनिर्वाचनका लागि तनहुँ, बारा र चितवनमा आज उम्मेदवारी दर्ता

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको रिक्त स्थानहरुमा वैशाख १० गते हुने उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ ।

रिक्त रहेका प्रतिनिधि सभा क्षेत्र तनहुँ १, चितवन २ र बारा २ मा निर्वाचनका लागि आज बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म उम्मेदवारी दर्ता हुन लागेको हो ।

निर्वाचन आयोगले उम्मेदवारी दर्ता गर्न जाँदा बाजागाजासहित नजान भनेको छ । साथै २५ जनाभन्दा धेरै नजान पनि आयोगको आग्रह छ । सत्ता गठबन्धनले तीनै क्षेत्रमा साझा उम्मेदवार तय गर्ने तयारी गरेका छन् ।

यस्तै निर्वाचन कार्यतालिका अनुसार चैत २१ गते उम्मेदवारी विरुद्ध उजुरी दर्ता, चैत २२ गते उजुरीमाथि छानबिन र सोही दिन साँझ उम्मेदवारको नामावली प्रकाशन गरिने छ ।

उम्मेदवारी फिर्ता लिन इच्छुकका लागि चैत २३ गते बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्मको समय तोकिएको छ । उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिह्न पनि सोही दिन गरिने आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077