Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बारा–२ मा पुरुषोत्तम पौडेललाई उम्मेदवार बनाउने एमालेको निर्णय

काठमाडौं । आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि बारा–२ बाट नेकपा एमालेले पूर्वमन्त्री तथा पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

आज मनोनयन दर्ताको केही घण्टा अगाडि एमालेले पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

०५१ सालमा संसद् र दोस्रो संविधानसभाका सदस्य भएका पौडेल २०७० सालमा उनी युवा तथा खेलकुदमन्त्री बनेका थिए ।

यसअघि शनिबार बसेको पार्टीको सचिवालय बैठकले चितवन–२ र तनहुँ–१ को उपनिर्वाचनका लागि उम्मेदवार तय गरेको थियो ।

तनहुँ १ मा सर्वेन्द्र खनाल र चितवन क्षेत्र नम्बर २ मा रामप्रसाद न्यौपाने उम्मेदवार छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077