Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

वेस्ट इन्डिजले पनि नेपालसँगै विश्वकप छनौट खेल्ने पक्का

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकपमा छनोट हुनका लागि जिम्बावेमा आयोजना हुने विश्वकप छनौट खेलमा वेस्ट इन्डिजले खेल्ने भएको छ ।

विश्वकपको ग्लोबल छनौटमा पुगेको नेपालले आफ्नो प्रतिद्वन्द्वीको रुपमा पुर्व विश्वकप च्याम्पियन राष्ट्र वेस्ट इन्डिजलाई पनि पाएको हो ।

वेस्ट इन्डिजले विश्वकप सुपर लिगको शीर्ष ८ मा रहेर सिधा विश्वकप खेल्ने अवसर गुमाएको छ ।

आगामी जुन १८ देखि जुलाई ९ सम्म हुने ग्लोबल छनौट प्रतियोगितामा टेस्ट खेल्ने राष्ट्रहरु सहित १० देश हुने छन् ।

उक्त प्रतियोगितामा हालसम्म नेपाल, नेदरल्याण्ड, ओमान, जिम्बाबे, स्कटल्याण्ड, श्रीलंका र वेस्टइन्डिजले खेल्ने पक्का भएको छ। बाँकि ३ टिमको टुंगो लाग्न बाँकि छ ।

ग्लोबल छनौटमा १० देश सहभागी प्रतियोगिताको शिर्ष २ मा पर्न सके नेपालले भारतमा हुने एक दिवसिय विश्वकप खेल्न पाउने छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077