Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

तनहुँ-१ मा रास्वपाबाट स्वर्णिम वाग्लेले गरे मनोनयन दर्ता

तनहुँ । तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फीबाट स्वर्णिम वाग्लेले मनोनयन दर्ता गरेका छन् ।

आगामी बैशाख १० मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तरगत उपनिर्वाचनका लागि वाग्लेले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका हुन् ।

उनको प्रस्तावकमा विश्व बाँस्तोला र समर्थकमा डा। रुपक घिमिरे छन् । नेपाली कांग्रेसका पूर्व जिल्ला सचिव बाँस्तोला मनोनयनअघि मात्र रास्वपामा प्रवेश गरेका थिए ।

गत मंसिरमा भएको निर्वाचनमा नेपाली कांग्रेसका रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि रिक्त रहेको सो स्थानमा उपनिर्वाचनका हुन लागेको हो।

निर्वाचन आयोगले उपनिर्वाचनका लागि आज मनोनयन दर्ताको समय तोकेको हो।

नेपाली कांग्रेसबाट गोविन्द भट्टराई,नेकपा एमालेबाट पूर्वआईजीपी सर्वेन्द्र खनालले मनोनयन दर्ता गराएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077