Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बारा- २ मा १८ जनाले दर्ता गराए उम्मेदवारी

काठमाडौं । प्रतिनिधिसभा सदस्य चयनका लागि वैशाख १० मा हुने उपनिर्वाचनका लागि सोमबार मनोनयन दर्ता प्रक्रिया चलिरहेको छ ।

बारा–२, चितवन–२ र तनहुँ–१ मा १० वैशाखमा प्रतिनिधिसभा सदस्य चयनका लागि उपनिर्वाचन हुन लागेको हो ।

उम्मेदवारी दर्ता चलिरहँदा बारा निर्वाचन क्षेत्र नं. २ मा हुने उपनिर्वाचनका लागि अहिलेसम्म जसपाका अध्यक्ष उपेन्द्र यादवसहित १८ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

बाराको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा जसपा, नेकपा एमाले, जनमतसहितका दल तथा व्यक्ति गरी १८ जना उम्मेदवारहरूले मनोनयन दर्ता गराएका हुन् ।

जसपाको तर्फबाट उपेन्द्र यादव, नेकपा एमालेबाट पुरुषोत्तम पौडेल, जनमत पार्टीबाट शिवचन्द्र कुसवाह, रास्वपाबाट रमेश खरेल, नेमकिपाबाट मुक्ति यादव लगायतले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077